समाचार अपडेट
 
मारामार गर्नेहरू अचम्मैसग मौन
 
काठमाडौं । पा“चबुदे सहमतिको भोलिपल्टै सरकारमा कसलाई पठाउने भन्ने छलफल गर्न आयोजित नेपाली कांग्रेसको बैठकमा केही अनौठा दृश्य देखिए । सधै“जसो सरकारमा ‘म जान्छु’ भनेर मारामार गर्ने कांग्रेस नेता यसपालि भने मैले जान पाउनुपर्छ भनेर कोही अघि सरेनन् । कांग्रेसी नेताहरू त्यागी भएकाले यस्तो भलाद्मी देखिएका होइनन्, आखिर कांग्रेसीजन मन्त्री बन्न अनिच्छुक हुनुको खास कारणचाहि“ अर्कै थियो ।

कांग्रेसका तर्फबाट सरकारको नेतृत्व गर्ने सम्भावित टोलीनेतामा कृष्णप्रसाद सिटौलाका अतिरिक्त प्रकाशमानसिंह र डा. रामशरण महतको पनि चर्चा चलेको थियो । सुजाताले पनि सरकारमा जाने माग अवश्यै गर्लिन् भन्ने धेरैलाई लागेको थियो । तर, प्रकाशमानले सुरुमै भनिहाले, ‘म यो सरकारमा जान्न, जेठमा बन्ने अर्काे सरकारमा चाहि“ जान्छु ।’ महतको पनि भित्री इच्छा त्यस्तै देखिएपछि सिटौलाका लागि बाटो त खुल्यो तर उनले प्रश्न तेस्र्याए– ‘अहिलेको सरकारमा गएपछि जेठमा बन्ने अर्काे मन्त्रिमण्डलमा सहभागी हुन पाउने कि नपाउने ?’ सिटौलाको यस्तो प्रश्न सुनेपछि सुजाता कोइरालाले सातो लिइन् ।

‘तिमीले मात्रै खानुपर्ने ? अरूलाई पालो दिनुपर्दैन ?’ सुजाताले झा“टेपछि उनी निकैबेर शिर झुकाएर लज्जित अनुहारमा बसे । अन्ततः नखाऊ“ भने दिनभरिको सिकार, खाऊ“ भने कान्छा बाबुको अनुहार भनेजस्तै अवस्थामा कृष्णप्रसाद सिटौला र सूर्यकिरण गुरुङका भागमा ३ हप्ते मन्त्री पद पर्न गयो । छोटो अवधिको सरकारमा जान इच्छुक नदेखिएकी सुजाताले पनि चुनावी सरकारमा उपप्रधानमन्त्री दाबी गर्नु स्वाभाविक छ । चुनावी सरकार लामो र आकर्षक भएकाले उपसभापति गोपालमान, महामन्त्री प्रकाशमान, सबैले यसमा रहर गरेका छन् । त्यसबेला प्रधानमन्त्रीमा शेरबहादुर देउवा जाने कि रामचन्द्र पौडेल भन्ने विवाद पनि कांग्रेसमा अवश्यै बढ्नेछ । सुजाताले त अहिल्यै भनिसकेकी छन्– भावी प्रधानमन्त्री रामचन्द्र पौडेलजी नै बन्नुहुन्छ । उता पौडेल र देउवाबीच विवाद नमिले सुशील कोइराला आफैं प्रधानमन्त्री हुनुपर्छ भन्ने माग गर्ने कांग्रेस नेता पनि छन् ।

कतिपयले अब कांग्रेसको नेतृत्वमा बन्ने चुनावी सरकारमा सिटौलाको बाटो थुन्न यसपालि उनलाई उपप्रधानमन्त्री बनाइएको अनुमान लगाएका छन् । तीनहप्ते सरकारमा जाने नेतालाई अर्काे मन्त्रिपरिषद्मा सामेल गर्ने या नगर्नेबारे कांग्रेसमा विवाद बढ्ने संकेत देखिएको छ । र, यो कुरा पनि निश्चित छ कि यसपटकको बैठकमा सरकारमा जाने विषयमा झगडा नगरी साधुजस्ता देखिएका कांग्रेस नेताहरूले जेठ १४ आसपास बन्ने एकवर्षे सरकारमा जान ग“गटालेजस्तै एक–अर्काको खुट्टा गतिलैसित तानातान गर्न सक्छन् ।

प्राप्त प्रतिक्रियाहरु ( 0 )
  यसमा तपाईको प्रतिक्रिया
(रोमनबाट युनिकोड नेपालीमा लेख्नुहोस्)
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
MEMBER LOGIN
Login
Password
 
  समाचार अपडेट
नाति खेलाउँदै प्रचण्ड डाँडातिर
उतैको कुराले लाजिम्पाटमा उल्कापात
पत्रकारका नाममा अनेकन परिपञ्च
'कलंकको टीका' भन्दै सिंहदरबारमा कचकच
'हाम्रो-हाम्रो' भनिँदा मान्यज्यू हैरान