काठमाडौं । एकछिनको रमाइलोले जिन्दगीभर पीडा हुन्छ, यस्तै मस्तीले सशस्त्र प्रहरी सेवामा प्रथम श्रेणीका हाकिमले जागिरबाटै हात धुनुपर्ने अवस्था आउन लागेको छ । प्रसंग हो, वैद्यनाथ बाहिनी अत्तरियाका सहायक बाहिनीपति एसएसपी रवि थापा क्षत्रीको ।
नेपाल प्रहरीमा डिआइजी विमला थापाका भाइ रविले शुक्रबार राति रमाइलोका लागि स्थानीय एक शिक्षिकालाई कोठैमा पुगेर जिस्क्याएका थिए, शिक्षिकाका पति पूर्वसुरक्षाकर्मी पनि हुन्, उनले यो विषयलाई महिला हिंसाका रूपमा ठूलै मुद्दा बनाए ।
एसएसपीले स्थानीय चेलीबेटीलाई जिस्क्याएको विषयमा हल्लाखल्ला भएपछि स्थानीयले बाहिनीमा घेरा हाले । भेला भएका स्थानीय बासिन्दालाई भर्खर मात्रै चीनबाट फर्किएका बाहिनीपति डिआइजी कमल बस्नेतले बल्लतल्ल थुमथुम्याए । स्थानीयको होहल्ला केही शान्त मात्र भएको थियो, थापाको नौटंकी सुरु भइहाल्यो ।
राति साढे ११ बजे मुटु दुख्यो भन्दै रुन थाले । मुटु नै दुख्यो भनेपछि बस्नेतले मेडिकल अफिसर र गार्डसहित तत्काल थापालाई महेन्द्रनगर पठाए । उनले यहाँ मेरो उपचार हुन्न म पारि(भारत)जान्छु, उतैबाट दिल्ली जान्छु, त्यतै गएर उपचार गराएर फर्कन्छु भन्दै हप्कीदप्की गर्न थाले ।
सिमानासम्म पु¥याएपछि उनले गार्ड र गाडी फर्काइदिए । तर, आफू भने दिल्ली जानुको सट्टा भोलिपल्ट बिहान उतैको आँप बग“ैचामुनि सुतेको अवस्थामा भेटिए । उठाएर नेपाल ल्याउने प्रयास थालेपछि फेरि बम्किन थाले । उनले दिल्ली जान्छु भन्दै हप्कीदप्की गरेर आºनो खोजीमा आएका इन्स्पेक्टरलाई भारतीय सिमकार्ड किन्न लगाए । दिल्ली हि“डेका थापा रेल, बस हुँदै पर्सिपल्ट नेपालगन्जमा भेटिए । नेपालगन्जबाट उनलाई जहाज चढाएर काठमाडौं ल्याइएको छ ।
सुदूरपश्चिम बन्द छ, ठूला दलका नेताले सामूहिक विज्ञप्ति निकालेर बन्द फिर्ता लिन आह्वान गर्दा पनि बरु गोरु जुलुस निकालेर अडान कायम गर्दै आएका त्यस क्षेत्रका जनता कुनै पनि बेला खनिन सक्ने आशंकामा विभागीय स्वीकृतिबेगर सीमापार पुगेका थापालाई सम्भवतः आज गृहले निलम्बन पत्र थमाउ“दै छ । थापामाथि आफू कोहलपुरको एसपी रह“दा शमशेरगन्जमा भएको सशस्त्र प्रहरीको विद्रोहलाई उकासेको आरोपसमेत छ ।