प्रमुख समाचार
 
हेर्दाहेर्दै दुई करोड हिलाम्मे
 
काठमाडौं । सानोतिनोमा चित्त नबुझेर ठूलोतिर मन डुलाउदा कहिलेकाहीँ हात परिसकेको चिज पनि गुमाउनुपर्छ । नेपाल प्रहरीको आधुनिक हातहतियारबाट सबैभन्दा बढी सुसज्जित युनिटका रूपमा रहेको प्रहरी विशेष कार्यदलले भौतिक पूर्वाधारका नाममा पाएको दुई करोड रूपैयामा चित्त नबुझाउदा अन्ततः ‘हिस्स बूढी हरिया दात’ को हालत खेपेको छ । ट्याक्टिकल र फायरिङ रेन्जसहितको कार्यदल मुख्यालय स्थापनाका लागि एक वर्षअघि पहिलो चरणमा प्राप्त दुई करोड रूपैयाको सदुपयोग गर्न नसकेपछि डेढ वर्ष खेलाउदा–खेलाउदा अन्ततः जहाबाट आयो त्यही फिर्ता भएको हो ।

गत महिना प्रहरी प्रधान कार्यालयस्थित आर्थिक प्रशासनले दिइसकेको सो रकम फिर्ता लिएको छ । तर, ट्राफिक डिआइजी गणेश राईविरुद्ध ‘आºनै ब्याची लागेर बद्नाम गरिएको’ भनिएझैँ दुई युनिटका हाकिमबीच पोल खोलाखोलका करण सुविधासम्पन्न प्रहरी कार्यदल निर्माणमा अवरोध पुगेको प्रहरीस्रोत बताउछ । स्रोत भन्छ, ‘कार्यदलले पाएको त्यो दुई करोड तीनजना एसपीले सुम्सुम्याएर मात्रै बसे, काम केही गर्न सकेनन् ।’ त्यसरी दुई करोड बोकेर एसपीहरू ज्ञानविक्रम शाह, राजेन्द्र श्रेष्ठ हु“दै केदार रिजालसम्मले ठाउ“–ठाउमा कार्यदल निर्माणका लागि जग्गा हेर्दै हिडे । कतै उनीहरूलाई चित्त नबुझ्ने त कतै हाकिमले नमान्ने कारण त्यस्तो भएको बताइन्छ । हाल नक्सालस्थित सप्र गण नं.१ कै कम्पाउन्डमा कार्यदल मुख्यालय अवस्थित छ ।

हालका एसपी केदार रिजालले कपनमा नवनिर्मित दंगा नियन्त्रण प्रहरी गणमा कार्यदल सार्ने, दंगालाई त्रिपुरेश्वरस्थित प्रहरी पहरा गणमा र पहरा गणलाई सामाखुसीस्थित कार्यदलको शाखामा सार्ने गरी अभ्यास गरेका थिए । तर, दंगा एसपी (हालः एसएसपी) मिलन बस्नेतले आफू रहेसम्म कपन नछाड्ने अडान महानिरीक्षक रवीन्द्रप्रताप शाहसग राखेपछि योजना भताभुंग भएको बताइन्छ । अहिले कार्यदल एसपीलाई पिसाब लाग्यो भने गणका एसपीको कोठातिर छिर्नुपर्ने अवस्था छ । अन्तिमपटक गत महिना प्रहरी महानिरीक्षक शाहले तत्कालका लागि कार्यदललाई नक्सालबाट स्थानान्तरण नगर्न आदेश दिएको स्रोत बताउछ । त्यहाका एकजना अधिकारीलाई उनले गाली पनि गरे, ‘हातमा दुई करोड बोकेर हिड्ने, अनि सुकुम्बासीले जस्तो अर्काको अफिस ताक्दै हिड्ने ?’

यसरी कार्यदलले पैसा पाउनु, ठाउ“ फेला नपार्नु र अन्तिममा जस्ताको तस्तै हुनुपछाडिका थुप्रै कारण छन् । त्यसमध्ये पूर्वआइजी रमेश चन्द ठकुरीले जागिर जाने बेलामा पर्ती जग्गा भएको ठाउ“मै जग्गा लिनुपर्छ, त्यसो गरेपछि त्यो पर्ती जग्गा पनि ओगट्न सकिन्छ भनी खरिद गर्न लागेको ५० रोपनी जग्गा कार्यदलले खरिद गर्न सकेन । उता, कार्यदलको बिजोग भने अर्कै छ । कार्यदल निर्देशिकाअनुसार विशेष परिस्थितिमा चुनौतीपूर्ण कारबाहीका लागि परिचालित हुनुपर्ने, परिचालित भएको १५ दिनभित्र काम सिध्याएर प्रतिवेदन पेस गर्दै कार्यदल फिर्ता हुनुपर्नेमा अहिले कार्यदलका प्रहरी जति जम्मै प्रचण्ड, बाबुराम र विजय गच्छदारहरूको घरमा चौकीदार बनाइएका छन् । काठमाडौंको नक्सालबाहेक सामाखुसी र संविधानसभा भवनमा यसका युनिट खटिएका छन् । कोरिडोर सुरक्षाका नाममा बारा र पर्सा जिल्लामा सयको संख्यामा कार्यदलका प्रहरी तैनाथ छन् ।

तर, उनीहरू दिनभरि वीरगन्जको घाममा सेकि“दै चोकमा बन्दुक भिरेर उभिन्छन्, साझ परेपछि एउटा सटरसहितको टहरामा ओत लाग्छन् । काठमाडौंमै भएको युनिट पनि शिवरात्रिदेखि पशुपतिमा सद्बीज छर्ने पर्वमा भीड नियन्त्रणका लागि मात्र खटाइएका छन् । प्रहरीका सबभन्दा क्षमतावान् र लडाकुदस्ताको युनिट भनिए पनि हालै स्याट परीक्षामा भाग लिने कार्यदलका ९० प्रतिशत प्रहरी फेल भए । कार्यदल निर्देशिकाअनुसार सैनिकजस्तै सि.सं. तालिम सञ्चालन गर्नुपर्नेमा ठाउ“ अभावका कारण सम्भव भएको छैन । फायरिङका लागि नेपाली सेनाले तयार पारेको थानकोट फायरिङ रेन्जमा शरण लाग्नुपरेको छ, बाधापार र अन्य ट्याक्टिकल तालिमका निम्ति महाराजगन्जस्थित प्रहरी प्रतिष्ठानतिर धाउनुपरेको त्यहा“का अधिकारी बताउ“छन् ।

प्राप्त प्रतिक्रियाहरु ( 0 )
  यसमा तपाईको प्रतिक्रिया
(रोमनबाट युनिकोड नेपालीमा लेख्नुहोस्)
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
MEMBER LOGIN
Login
Password
 
  समाचार अपडेट
नाति खेलाउँदै प्रचण्ड डाँडातिर
उतैको कुराले लाजिम्पाटमा उल्कापात
पत्रकारका नाममा अनेकन परिपञ्च
'कलंकको टीका' भन्दै सिंहदरबारमा कचकच
'हाम्रो-हाम्रो' भनिँदा मान्यज्यू हैरान