|
७० हाराहारीका भण्डारी बाजेले ४० उमेरकी अग्ली रुपवतीलाई कान्छी बनाएका हुन् । भैँसेपाटीतिर बस्ने विधवालाई मन पराएपछि उनलाई छोरा चेतन भण्डारीले सम्पूर्ण सम्पत्तिबाट पर पारेका हुन् । ३३ वर्षअघि भण्डारीले त्रिभुवन विमानस्थलको गेटबाहिरबाट बाजेको सेकुवा सुरु गरेका थिए । अहिले काठमाडौंमा विमानस्थलबाहिर अनामनगर बत्तीसपुतली नयाँबजार गरी उनका पाँचवटा रेस्टुरेन्ट छन् । छोरा चेतनले सबै रेस्टुरेन्टको जिम्मेवारी लिएका छन् भने उनले सिटी सेन्टरमा पनि छिट्टै नयाँ आउटलेट खोल्ने तयारी गरेका छन् । बाजेको सेकुवाले अहिले पनि दैनिक चार लाख रुपैयाँ बढीको व्यापार गर्ने गरेको छ ।
कान्छी ल्याउनुअघि भण्डारी आफैँ विभिन्न रेस्टुरेन्ट पुगेर ग्राहक कर्मचारीको हालचाल बुझ्ने हिसाबकिताब हेर्ने गर्थे अहिले त्यो सबै जिम्मेवारी छोराले हातमा लिएका छन् । कान्छी ल्याएपछि छोराले बाबुका लागि बसुन्धरामा एउटा घर दिएका छन् । त्यो घर भाडामा लगाएर बूढा कान्छीसँग पूर्वीनेपाल पुगेका छन् । त्यहाँ उनले नयाँ रेस्टुरेन्ट खोल्ने तयारी गरिरहेको बताइएको छ । त्यसो त कान्छी बनाएर िभत्र्याइएकी ती महिलाका पनि एक छोरा र छोरी छन् । भण्डारीका पनि एक छोरा र छोरी छन् । |