समाचार अपडेट
 
काजी कामरेडद्वारा धोबीघाटमा कच्याक्क
 
काठमाडौं । मोहन वैद्यले पार्टी फुटाउन लागेको भन्दै बाबुराम समूह र नारायणकाजी समूहलाई निमिट्यान्न पार्ने अभियानमा लागेका प्रचण्ड सोमबार काजी निवास भम्सिखेलमा झण्डै एक दर्जन नेताका साथमा पुगेका थिए । त्यहाँ उनले नारायणकाजकिो निकैबेर मुक्तकण्ठले प्रशंसा गरे ।

‘शान्ति प्रक्रियामा आउन र बाह्रबुँदे सम्झौता गर्न कामरेड प्रकाशको ठूलो भूमिका छ । वहाँले जनयुद्ध नै नलडे पनि जनयुद्धका बेला हामै्रनिम्ति काम गर्नुभएको हो । उग्रपन्थी र दक्षिणपन्थीविरुद्धको संघर्षमा वहाँले हामीलाई साथ दिनुभएको छ । धोबीघाटमा मात्रै वहाँले कच्याक्क पार्दिनु भो ।’– प्रचण्डले नारायणकाजीको प्रशंसा गर्दागर्दै कच्याक्क शब्द प्रयोग गरेपछि नेताहरुवीच केहीबेर हाँसो छाएको थियो । झम्सिखेल वार्तामा प्रचण्डले वैद्यहरुले पार्टी फुटाएर गएपछि उनीहरु अफेन्सिभ हुनसक्ने भन्दै गुटहरुको अन्त्य गरौं भन्ने प्रस्ताव राखे ।

साथै अमिक शेरचन, स्वनाम साथी लगायतको असन्तुष्ट पक्षलाई पनि समेट्न उपाध्यक्ष श्रेष्ठलाई सुझाव दिएका थिए । पुरानो एकताकेन्द्र समूहलाई समेट्ने योजनासँगै विरामी अवस्थामा आराम गरिरहेका स्वनामलाई भेट्न प्रचण्डको तर्फबाट गिरिराजमणि पोखरेल पुगे तर स्वनामको डेरामा उनीभन्दा अगावै रामबहादुर थापा वादल पुगिसकेकाले संस्थापन पक्षले कुरा गर्न नपाएको बताइन्छ । उता स्वनाम र अमिक शेरचनको समूहले पार्टी विभाजन भएमा कुन पक्षलाई समर्थन गर्ने भन्नेबारे छलफल गर्न छुट्टै भेला बोलाएको छ । पूर्वएकताकेन्द्र समूहभित्र स्वनाम, अमिक शेरचन, घनश्याम शर्मा पौडेललगायत करिब एक दर्जन नेताको अलग्गै समूह छ । नारायण काजीसँग असन्तुष्ट रहँदै आएको यो समूहले धोवीघाटमा वैद्य र बाबुरामलाई साथ दिएको थियो । अब पार्टी विभाजन भएमा बाबुराम–प्रचण्डतिर लाग्ने वा वैद्यतिर लाग्ने भन्नेबारेमा यो समूह छुट्टै छलफलमा जुटेको हो । नारायणकाजी समूहले भने प्रचण्डलाई दह्रो समर्थन गरेर जाने प्रतिबद्धता जनाइसकेको छ ।

यसैबीच बाबुराम समूहलाई पनि आफूसितै सदाका लागि विलय गराउने अभियान प्रचण्डले छेडे पनि बाबुराम पक्षको अलग्गै भेला हुन सकेको छैन । बाबुराम समूहका एक नेताले जनआस्थासित भने–‘ विचार समूहहरु रहन्छन् ।’ माओवादी अध्यक्ष प्रचण्डले संस्थापन पक्षका केन्द्रीय सदस्यहरुको बैठकमा गरेको रिपोर्टिङअनुसार मोहन वैद्यलाई आफूले अध्यक्ष पद छाड्ने जानकारी दिँदा उनले परिस्थिति धेरै पर गैसकेको भन्दै एकताको सम्भावनालाई अस्वीकार गरेपछि अब पार्टी विभाजन हुने प्रायः निश्चित भएको छ ।

बाबुराम–प्रचण्डको दुईमत

हिजो होटल याक एण्ड यतिमा माओवादी र मधेसी मोर्चाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रचण्ड, बाबुराम र विजयकुमार गच्छदारका विचारहरु एकापसमा बाझेका थिए । प्रधानमन्त्रीले निर्वाचनमा जानुको विकल्प छैन भनिरहेका बेला प्रचण्डले चाँहि राष्ट्रपतिसित ३ घण्टा कुरा भएको बताउँदै संविधानसभाको पुनःस्थापनामा पनि जान सकिने बताए । सोही कार्यक्रममा उपप्रधानमन्त्री विजयकुमार गच्छदारले के आधारमा संविधानसभाको पुनस्र्थापना हुन्छ ? भन्दै प्रचण्डलाई नअल्मलिकन चुनावमा जान सल्लाह दिएका थिए ।

प्राप्त प्रतिक्रियाहरु ( 0 )
  यसमा तपाईको प्रतिक्रिया
(रोमनबाट युनिकोड नेपालीमा लेख्नुहोस्)
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
MEMBER LOGIN
Login
Password
 
  समाचार अपडेट
नाति खेलाउँदै प्रचण्ड डाँडातिर
उतैको कुराले लाजिम्पाटमा उल्कापात
पत्रकारका नाममा अनेकन परिपञ्च
'कलंकको टीका' भन्दै सिंहदरबारमा कचकच
'हाम्रो-हाम्रो' भनिँदा मान्यज्यू हैरान