नेपाली राजनीतिमा उल्टो बाटो तय गर्ने मकवानपुरे नेता कमल थापा नेतृत्वको राप्रपा नेपाल र राजावादीहरूको पार्टी राष्ट्रिय जनशक्ति तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबीच एक हुने हल्ला भए पनि थापाको षड्यन्त्र जारी छ । राजावादी पार्टीहरूबीच नै यतिखेर कार्यकर्ता तानातानको खेल निकै गन्जागोल बन्दै गएको पाइएको छ ।
सके तत्कालै, नभए एक वर्षभित्र तीन पार्टी एक हुने दाबी गर्दै कमल थापाले भाषण गरे पनि भित्री रूपमा पशुपतिशमशेर र सूर्यबहादुर थापाका कार्यकर्ता आºनो पार्टीमा तानेका छन् । केही साताअघि मात्रै शमशेर नेतृत्वको राप्रपाको काठमाडौं र ललितपुरको जिल्ला कमिटी नै झन्डै शून्य हुनेगरी उनले राजतन्त्रको पक्षमा उभ्याउ“दै राप्रपा नेपालमा आबद्ध गराएका थिए । कमल थापाले मकवानपुरमा पनि पूर्वजिल्ला विकास समिति उपसभापति (शाहीकालका टिके) सूर्यबहादुर रुम्बालाई केही दिनअघि मात्रै राप्रपा नेपालमा भिœयाएका थिए ।
राप्रपा र राजपाका अन्य कार्यकर्तालाई पनि यतिखेर राप्रपा नेपालमा गोलबन्द गर्ने तयारी भइरहेकै छ । आजीवन कमल थापाको पछि लाग्दा पनि जीवन नसुध्रेका सीताराम बर्ताैला र पार्टी फेर्दै हि“डिरहने नीरशंकर श्रेष्ठलाई मात्रै शमशेर नेतृत्वको पार्टीमा छाडेर अन्यलाई राप्रपामा नेपालमा ल्याउने तयारी भइरहेको स्रोत बताउ“छ । बर्ताैला यसअघिदेखि नै कमल थापाको पछि कुनै पनि हालतमा लाग्दिन“ भन्दै एकोहोरिए पनि उनका सहोदर छोरा राजाराम बर्ताैला भने कमल थापाको दाहिने हात भएका छन् ।
यता, संविधानसभा विघटनपछि मकवानपुरका पूर्वपञ्चहरू सम्मिलित राप्रपा नेपालका नेता तथा कार्यकर्ताले खसी काटेर विजयोत्सव मनाउ“दै रमाइलो गरेको खबर छ । जिल्लाका विभिन्न गाउ“मा रहेका पूर्वपञ्चले संविधानसभा विघटन भएको भोलिपल्ट अर्थात् जेठ १५ गते त्यसो गरेका हुन् । राप्रपा नेपालको विद्यार्थी संगठन राप्रविसंका केन्द्रीय अध्यक्ष राजाराम बर्ताैलाले चार वर्षपछि आºनो पार्टीले उठाउ“दै आएको नया“ जनादेशको माग पूरा भएकाले विजयोत्सव मनाइएको बताए ।