समाचार अपडेट
 
प्रचण्ड फेरि पनि परास्त
 
काठमाडौं । संविधानसभाको निर्वाचनमा सबैभन्दा ठूलो दल भएर पनि पाँचवर्षसम्म पाइला पाइलामा हार्दै आएको एकीकृत माओवादीले संविधानसभाको म्याद गुज्रने बेलामा एउटा ‘ऐतिहासिक सफलता’ झण्डै हात पार्न लागेको थियो । तर, फेरि पनि संविधानसभाको थपिने भएपछि उसले पोल्टामा पार्न लागेको त्यो जीत भुइँमा खसेको छ । कांग्रेस, एमालेका जनजातिलाई उचालेर संविधानसभामा बहुमत प्राप्त गर्नै लागेका बेला माओवादीले आफ्नो जीतलाई सुनिश्चित गर्न नसकेको हो ।

संविधानसभामा ठूलो दल भएर पनि महिनौंसम्म सरकारमा जान नसक्नु, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र संवैधानिक समितिको सभापति कतै पनि आफ्नो जीत सुनिश्चित गर्न नसक्नु, सरकारमा रहेका बेला कटवाल प्रकरणमा राजीनामा दिनु, प्रमका लागि पटक पटक भएको चुनावमा जित्न नसक्नु, अनि सेना समायोजनका सवालमा आफ्नो हात माथि पार्न नसक्नु जस्ता अनेकौं पराजयका शृंखलाहरुको शिकार बन्दै आएको माओवादीले अन्तिम घडीमा जनजातिलाई कभर बनाएर एमाले–कांग्रेसलाई आच्छु–आच्छु पार्न निकै ठूलो सफलता प्राप्त ग¥यो । कांग्रेस–एमालेभित्रका जनजातिले पार्टीको ह्वीप नमान्ने र माओवादीले अघि सारेको एकल जातीय राज्यको पक्षमा मतदान गर्ने खुल्ला घोषणा नै गरे ।

यही परिस्थितिमा संविधानसभामा मतदान गर्ने स्थिति आएमा कांग्रेस र एमालेमा विखण्डन आई माओवादीलाई त्यसको ठूलो सफलता मिल्ने परिस्थिति पैदा भयो । यसबाट माओवादी नेताहरु हर्षित बनेका थिए भने वैद्य र प्रचण्ड दुवै पक्षका नेतावीचको दरार पनि एकाएक कम भयो । आदिवासी जनजातिको बन्दमा माओवादी कार्यकर्ता पनि सहभागी हुने र नाचगान गर्ने कार्यमा लागेको प्रष्टै देखिन्थ्यो । एकातिर सरकारमा आफ्नो नेतृत्व कायम गर्दै अर्काेतर्फ सडकलाई पनि कब्जा गरेर माओवादीले कांग्रेस–एमालेलाई चौतर्फी घेराबन्दीमा पारिसकेको थियो । माधव नेपाल सरकारको पालामा छ दिने आम हड्ताल र सिंहदरबार घेराउ हुँदा पनि माओवादीले यति ठूलो दबाव सिर्जना गर्न सकेको थिएन । यसपालि भने जनजातिको कभरमा उसले सहजै आफ्नो हात माथि पार्न सक्यो ।

मतदान भएको वा म्याद नथपी संविधानसभा गुज्रिएको भए सडक माओवादीकै हातमा र सरकार पनि उसैको नेतृत्वमा भएकाले नेपाली राजनीतिमा माओवादी अझै बढी हावी हुने निश्चित थियो । तर, संविधानसभाको म्याद थपिने भएपछि उसको पोल्टामा गइसकेको परिस्थिति कोल्टिएको छ र एकपटक खेल अघि बढाउन कांग्रेस–एमालेका लागि अवसर प्राप्त भएको छ । तैपनि जनजातिको माग सल्टिएको छैन र माओवादी–जनजातिको अघोषित सहकार्यलाई चिर्न नसकेसम्म कांग्रेस–एमालेको हार टर्ला भनेर अनुमान गरिहाल्ने अवस्था आइसकेको छैन । तैपनि अहिले के निश्कर्ष चाँहि निकाल्न सकिन्छ भने संविधानसभाको म्याद थप्ने निर्णयले माओवादीको एजेन्डा संविधानसभाबाट जस्ताको त्यस्तै पारित हुने सम्भावनालाई पछि धकेलेको छ र प्रचण्डले शुरु गरेको एउटा नाट्य मञ्चको पटाक्षेप भएको छ, हेरौं, अर्काे दृश्य कसरी शुरु हुने हो ।

प्राप्त प्रतिक्रियाहरु ( 0 )
  यसमा तपाईको प्रतिक्रिया
(रोमनबाट युनिकोड नेपालीमा लेख्नुहोस्)
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
MEMBER LOGIN
Login
Password
 
  समाचार अपडेट
नाति खेलाउँदै प्रचण्ड डाँडातिर
उतैको कुराले लाजिम्पाटमा उल्कापात
पत्रकारका नाममा अनेकन परिपञ्च
'कलंकको टीका' भन्दै सिंहदरबारमा कचकच
'हाम्रो-हाम्रो' भनिँदा मान्यज्यू हैरान