धनगढी । नेपाली कांग्रेसमा आबद्ध थारू नेता–कार्यकर्ताले पार्टीबाट राजीनामा दिने धम्की दिएपछि कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा पनि थारुवान÷थरुहटको पक्षमा उभिएको दाबी थारू अगुवाहरूले गरेका छन् ।
कैलाली–कञ्चनपुरसहितको थारुवान÷थरुहट प्रदेशको माग गर्दै कैलालीमा आन्दोलित दुई सय ५२ जना कांग्रेस नेता–कार्यकर्ताले शनिबार उदासीपुरमा भेला भएर सामूहिक रूपमा राजीनामा दिँदै आन्दोलनमा उत्रिने चेतावनी दिएका थिए ।
नेपाली कांग्रेसका जिल्ला सचिव रामचरण चौधरीका अनुसार भेलाले आºनो अधिकार र पहिचानका लागि पार्टीभित्र संघर्ष गर्ने र पार्टी आफूविरुद्ध आएमा सामूहिक रूपमा छाडेर आन्दोलनमा उत्रिने निर्णयसमेत गरेको थियो । थारू नेता–कार्यकर्ताको चेतावनीलगत्तै स्व. गिरिजाप्रसाद कोइराला स्वायत्त तराई–मधेस प्रदेशप्रति प्रतिबद्ध हुनुहुन्थ्यो भन्दै पूर्वझापादेखि पश्चिम कञ्चनपुरसम्म आधा जनसंख्या बसोवास गर्ने भएकाले त्यसका आधारमा पा“च प्रदेश बनाउन कांग्रेसका ४१ जना सभासद्ले माग गरेका थिए । सभासद्हरूले कोचिला–विराट, मिथिला–भोजपुरिया–सिम्रौनगढ, अवधि, लुम्बिनी र थरुहटको माग गरेका छन् । सचिव चौधरीले भने यो दबाबपछि नेता देउवाले समेत थारुवान÷थरुहटको पक्षमा समर्थन जनाएको खबर केन्द्रबाट आएको छ । ‘वर्षौंदेखि हामीले कांग्रेसका लागि त्याग ग¥यौ, अब हाम्रो अधिकार खोस्ने र पहिचान मेटाउने खालको कदम पार्टीले चलायो भने सामूहिक रूपमा पार्टी छाड्छौ“’ भेलाले निर्णय गरेको थियो ।
कैलालीमा कांग्रेसका क्षेत्रीय प्रतिनिधि, जिल्ला सदस्य, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य गरी दुई सय दुई थारू नेता–कार्यकर्ता छन् । उनीहरूले राजीनामा दिने चेतावनी दिएपछि कांग्रेस सभापति सुशील कोइरालालगायत सभासद् र केन्द्रीय सदस्यहरूको दबाब देउवालाई परेको कांग्रेस स्रोतले जनाएको छ ।
कांग्रेस पार्टी अध्यक्ष कोइरालालाई राजीनामा पठाइसकेको कैलाली क्षेत्र नं. १ का प्रतिनिधि देवनारायण चौधरीले बताए । उनले कैलाली, कञ्चनपुरसहित थारुवान÷थरुहट प्रदेशको माग पार्टीले सुनुवाइ नगरेकाले पार्टीमा आबद्ध सबै थारू नेता–कार्यकर्ताले राजीनामा दिएको बताए । कांग्रेसमा आबद्ध पहाडीमूलका केही नेता–कार्यकर्ता अखण्ड सुदूरपश्चिमका पक्षमा लागेकाले पहिचानका आधारमा थारुवान प्रदेश बनाउन कडा निर्णय लिएको सचिव चौधरीले बताए ।
कांग्रेसमा जस्तै एकीकृत नेकपा (माओवादी) र नेकपा (एमाले) मा पनि नेता एकातिर, कार्यकर्ता अर्कोतिर भएका छन् ।
माओवादी पोलिटब्युरो सदस्य लेखराज भट्ट, एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी, कर्ण थापा, उर्वादत्त पन्त, भीम रावल र गरिमा शाहहरू अखण्ड सुदूरपश्चिमको पक्षमा देखिएका छन् । एमाले केन्द्रीय सदस्यहरूले सोमबार अध्यक्ष झलनाथ खनाललाई ध्यानाकर्षण पत्र दिएर पार्टी अखण्ड सुदूरपश्चिमको पक्षमा लाग्नुपर्नेमा जोड दिएका छन् । तर, माओवादीका कैलाली सेक्रेटरी हरिप्रसाद चौधरी उत्सव, एमालेका जिल्ला अध्यक्ष होरीलाल चौधरी र उपाध्यक्ष हनुमान चौधरी थारुवानको पक्षमा छन् ।